Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पोखरामा आठौँ सूचना तथा प्रविधि मेला तथा मोवाइल एक्सपो सुरु


५ फाल्गुन २०७३, बिहिबार


पोखरा । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल पोखराको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घ कास्कीको सहयोगमा बिहीवारदेखि पोखराको प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि मेला तथा मोबाइल एक्स्पो सुरु भएको छ ।

चारदिने मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

प्रदेश नं ४ को सदरमुकाम पोखरालाई सूचना तथा प्रविधिको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिँदै उनले मेलाबाट यस क्षेत्रका जनताको आर्थिक र सामाजिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
महासङ्घका केन्द्रीय अध्यक्ष विनोद ढकालले सूचना तथा प्रविधि र सञ्चारलाई प्राथमिकता दिएर सबैलाई एकै ठाउँमा राखेर विकास गरिनुपर्नेमा जोड दिए ।

मेलामा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइँटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा र आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी गरिने छ । ।

मोबाइल मेलामा २५ ब्रान्डका मोबाइल बिक्रीका लागि राखिने र बिक्री गरिने मोबाइलमा पाँचदेखि ५० प्रतिशत छुट दिइने बताइएको छ । मेलाका लागि १२५ वटा कक्ष राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस