खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्ने « प्रशासन
prasaLogo
५ फाल्गुन २०७३, बिहीबार

खाद्य संस्थान बाजुराले ६० क्वीन्टल फापर खरिद गर्ने


प्रकाशित मिति : 16 February, 2017 4:24 pm

बाजुरा । रैथाने बाली संरक्षण गर्ने योजनाअनुसार नेपाल खाद्य संस्थान बाजुरा शाखाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठको भनाइ छ ।
उनले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बाली प्रवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्न फापर खरिद गर्न लागेको बताए ।

जिल्लाबाट आर्थिक बर्ष २०७३÷०७४ का लागि ६० क्विन्टल फापर प्रतिकेजी ५५ का दरले खरिद गर्न कृषक वर्गलाई आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस