जुम्लामा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जुम्लामा मिनीट्रक दुर्घटना, ३ जनाको मृत्यु


५ फाल्गुन २०७३, बिहिबार


जुम्ला । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा विहीवार बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । नेपालगन्जबाट मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । सामान बोकेको गाडीमा तीन पुरुष र एक महिला गरी चार जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सहचालकलाई उपचारका जुम्लाको खलङ्गा लगिएको प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस