Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ब्रेक्जिट बेलायत, आयरल्याण्ड र युरोपको लागि अहितकर


५ फाल्गुन २०७३, बिहिबार


डब्लिन(एजेन्सी) । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बेलायत स्वयं, आयरल्याण्ड र युरोपकै लागि पनि अहितकर रहनेमा आयरल्याण्ड (दक्षिण) का टाओइसिच (प्रधानमन्त्री) एन्डा केन्निले आफ्नो निरन्तर बिश्वास रहेको बताएका छन् ।

ब्रेक्जिट विशुद्ध बेलायतको नीति हो अर्थात युरोपेली संघको पनि एक प्रकारको पछिल्लो नीति पनि हो तर यो आयरल्यान्डको नीति हुँदै नभएको, तर, जनमत सङ्ग्रहको परिणामलाई सदैव सम्मान गर्ने, अब बेलायतले चाहेर पनि ब्रेक्जिटलाई इन्कार गर्न नसक्ने तथ्य आफूले राम्ररी बुझेको डब्लिनमा आयोजित इन्स्टिच्युट अफ इन्टरनेसनल एण्ड युरोपियन एफेयर्सका चिन्तक तथा बिश्लेषकहरुको एक सम्मेलनमा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री केन्निले यस्तो विचार व्यक्त गरेका हुन् ।

ब्रेक्जिट बारे उत्तरी आयरल्याण्डको आम जनधारणाबारे बोल्दै प्रधानमन्त्री केन्निले अठार लाख जनसङ्ख्या रहेको उत्तरी आयरल्याण्डमा केबल तीनलाख पचास हजारभन्दा कमले मात्र ब्रेक्जिटको समर्थनमा मत ब्यक्त गरेका, बहूसङ्ख्यक जनताले बिपक्षमा मत दिएका (अर्को शव्दमा भन्ने हो भने युरोपेली संघकै नागरीक भै सकेका) ले युरोपेली संघबाट बेलायतको बहिर्गमन पश्चात् आफ्नो मातृभूमिको समुन्नति र कल्याणमा बाधा अड्चन पैदा हुने हो कि भन्नेमा चिन्ता र चासो ब्यक्त गरिरहेकाले यसको कसरी कदर र मूल्याङ्कन गर्नु पर्छ सो बेलायतका दिग्गजहरुले नै जान्ने बताएका छन् ।

साथै, समग्र आयरल्याण्डको आर्थिक समुन्नतिमा ब्रेक्जिटले गम्भीर र प्रत्यक्ष खतरा पैदा गर्न सक्ने भनी प्रधानमन्त्री केन्निले चिन्ता पनि ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस