Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चितवन सुधार मार्ग चित्र घोषणा


५ फाल्गुन २०७३, बिहिबार


चितवन । नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ ।

भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्ग चित्र घोषणा गरेका हुन् ।

नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई आधार मानेर नेपाली नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले प्रजिअ भट्टकै योजनाअनुसार चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको हो ।

जसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ भनिएको छ । घोषणा गर्दै प्रजिअ भट्टले यसलाई अभियानकै रुपमा लिन आग्रह गरे ।

जसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ भनिएको छ । घोषणा गर्दै प्रजिअ भट्टले यसलाई अभियानकै रुपमा लिन आग्रह गरे ।

राजनीतिक दललगायत विभिन्न सरकारी गैरसरकारी निकायबीच सामूहिक प्रतिबद्धता, समन्वय गरी सेवा प्रवाह गर्ने, प्रभावकारी सेवाका लागि दबाब दिने, अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने र सेवालाई निगरानी बढाउन आह्वान गर्ने उद्देश्यले चितवन मार्ग चित्र २०७३ घोषणा गरिएको हो ।

जिल्लाको समग्र पक्षको सुधारका लागि सामूहिक प्रतिबद्धता आवश्यक भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।
उनका अनुसार चितवन मार्ग चित्रमा सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्ने, विकास व्यवस्थापन, शान्ति सुरक्षा, प्रत्येक कार्यालयको समग्र व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखिएको छ ।

अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण संयन्त्र गठन भएको छ । संयन्त्रमा राजनीतिक दलका प्रमुख सदस्य छन् ।

यस्तै स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, उपभोक्ता अधिकार मञ्चका प्रमुख, पत्रकार महासङ्घ चितवनका अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रमुख सदस्यको रुपमा रहनेछन् । रासस

प्रतिक्रिया दिनुहोस