Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कुपोषणका कारण जाजरकोटमा नाबालकको मृत्यु


५ फाल्गुन २०७३, बिहिबार


जाजरकोट । कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले जानकारी दिए ।

चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताए ।

आमा हिरा नेपाली र बाबु कर्णबहादुर नेपालीका पहिलो सन्तानका रुपमा रहेका अनेगत कुपोषित भएको खबर सुन्नेबित्तिकै सुआहाराका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्थानीयवासीको पहलमा ती बालकको उद्धारको तयारी भएको केही घन्टामै मृत्यु भएको गिरीले बताए ।

कुपोषणका कारण बिरामी भएका नाबालकलाई धामी, झाँक्रीलाई देखाउँदा समयमा उपचार हुन नसकेर मृत्यु भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस