फ्रान्सका प्रधानमन्त्री चीन आउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फ्रान्सका प्रधानमन्त्री चीन आउने


५ फाल्गुन २०७३, बिहिबार


बेइजिङ(एजेन्सी) । फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी साता चीन भ्रमण गर्ने भएका छन् ।

उनको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता प्रेमियर लि क्विङले जानकारी दिए ।

भ्रमणका क्रममा फ्रान्सका प्रधानमन्त्री काजेनुभले चीनका राष्ट्रपति छि जिनपिङ र शीर्ष सांसदहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता क्विङले नियमित पत्रकार सम्मेलनमा बताए । काजेनुभले बेइजिङ बाहेक ह्वानको पनि भ्रमण गर्नेछन् ।

प्रवक्ता क्विङले विश्वमा शान्ति, स्थायीत्व र विकासका लागि योगदान गर्न चीनले फ्रान्ससँग बलियो र दिगो सुमधुर सम्बन्ध स्थापित गर्न चाहेको बताए ।

“चीनले आशा गरेको छ की, काजेनुभको चीन भ्रमणले दुई देशको सम्बन्ध र आपसी मित्रता थप बलियो भई सहकार्यका क्षेत्रहरू विस्तार हुनुका साथै अन्य पक्षमा पनि सकारात्मक प्रभाव पर्नेछ, उनले भने।

प्रतिक्रिया दिनुहोस