तीन दिनदेखि जिविस र नगरपालिका बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन दिनदेखि जिविस र नगरपालिका बन्द


५ फाल्गुन २०७३, बिहिबार


उदयपुर । स्थानीय निकायका कर्मचारीको आन्दोलन र विभिन्न मागको कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ ।

जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका छन् । सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रिन परेको आन्दोलनमा आबद्ध कर्मचारी बताउँछन् ।

स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने आफूहरुको १३ बुँदे माग रहेको कुरा आन्दोलनरत कर्मचारी सङ्घका उदयपुर अध्यक्ष भूपध्वज रायमाझीले बताए । रासस

प्रतिक्रिया दिनुहोस