Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग


५ फाल्गुन २०७३, बिहिबार


जाजरकोट । जाजरकोट सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग गरिएको छ । यहाँको जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको हो ।

सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको बेला बुधबार बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । यहाँको सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन पुगेपछि विद्युत् महसुल बुझाउन बाहिर जानुपर्ने समस्यालाई मध्यनजर गर्दै बैठकले जाजरकोटमा शाखा विस्तार गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको छ ।

वैठकले सदरमुकाममा अहिले सञ्चालनमा रहेको साङट रिसाङ लघुजलविद्युत् आयोजनालाई केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया पुर्याउनसमेत अनुरोध गरेको छ । जम्मा ९९ किलोवाट क्षमताको यो लघु जलविद्युत्ले यहाँको सदरमुकामलगायत आसपासका ठाउँमा समेत सेवा प्रवाह गर्दै आएको छ ।

केन्द्रीय लाइन विस्तारसँगै यो लघुविद्युत्लाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले यहाँ उत्पादित विद्युत्लाई यहाँका ग्रामीण क्षेत्रमा विस्तार गर्ने अथवा केन्द्रीय लाइनमा जोड्ने भन्नेमा अन्यौल चलिरहेको बेला दलीय बैठकले केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया बढाउन नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखी अनुरोध गरेको हो ।

सबै कर्मचारीलाई स्थायी गराइएको छ । कर्मचारीसमेत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । रुकुमको चौरजहारीमा समेत विद्युत्को महसुल तिर्न सदरमुकाम मुसीकोटमा जाने अवस्थालाई अन्त्य गरी जाजरकोट सदरमुकाममा भएमा नजिकैबाट सेवा प्रवाह गर्न सजिलो हुने देखिन्छ ।

जाजरकोटको कुदु र रुकुमको चौरजहारीमा अहिले केन्द्रीय विद्युत् पुगिसकेको छ । जाजरकोट सदरमुकाममा केन्द्रीय लाइन विद्युत् विस्तारका लागि लाइन तान्ने काम भइरहेको छ । ३३ केभी प्रसारण लाइनमार्फत जाजरकोट सदरमुकाममा विद्युत् आउने यस प्रसारण आयोजनाका प्रमुख दीपकजङ्ग चौधरीले बताए ।

भेरीमालिका नगरपालिकाको कुदुमा केन्द्रीय विद्युत्का लागि सबस्टेसन निर्माण कार्य जारी रहेको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले कामलाई तीव्रता दिइएको छ । यहाँको सदरमुकामलगायत आसपासका क्षेत्रमा समेत छिटो ग्रामीण विद्युतीकरणमार्फत लाइन विस्तार गरी सेवा दिन स्थानीयवासीले मागसमेत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस