आगलागीबाट ४१ लाखभन्दा बढीको क्षति « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

आगलागीबाट ४१ लाखभन्दा बढीको क्षति


५ फाल्गुन २०७३, बिहिबार


दमक । विद्युत् सर्ट भई गएराति आगलागी हुँदा झापा, गौरादह–१ का देवराज लिम्बूको घरमा ४१ लाख बढीको क्षति भएको छ । राति १ः३० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा लिम्बूसहित त्यहाँ भाडामा बस्ने धनसिंह लिम्बूको नगद, जिन्सी पूर्णरुपमा क्षति भएको थियो ।

इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । लिम्बूको घरसँगै जोडिएको अर्को एकतले पक्की घरसमेत जलेको थियो ।

आगलागीबाट लिम्बूको घरमा भाडामा बसेका धनसिंह लिम्बूको दुई लाख ५० हजार नगदसहित लत्ताकपडा, अन्नपात जल्दा ११ लाख २९ हजार बराबरको क्षति हुन पुगेको पीडितले जनाएका छन् ।

त्यस्तै, आगलागीका कारण देवराजको काठको दुईतले घर, गरगहना, खाद्यान्न, लत्ताकपडा, पशुचौपाया जलेर नष्ट हुँदा २९ लाख ९१ हजार क्षति भएको छ । आगो आज बिहान करिब ४ः३० बजे दमक नगरपालिकाको दमकल, बिर्तामोड दमकल, प्रहरी र स्थानीवासीले मिलेर निभाउँदा नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस