Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकार निर्वाचनदेखि डरायोः पूर्वमन्त्री पोखरेल


५ फाल्गुन २०७३, बिहिबार


भक्तपुर । नेकपा एमालेका नेता तथा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले निर्वाचनदेखि डराएर सरकारले निर्वाचनको मिति घोषणा नगरेको बताएका छन् ।

रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उनले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनमा जान डराएर निर्वाचनको मिति घोषणा नगरेको बताए । नेता पोखरेलले भने–“सरकार संविधान कार्यान्वयनमा भन्दा संविधान संशोधनको अड्को थाप्दै निर्वाचन नगर्न अनेक नाटक मञ्चन गरिरहेको छ, सरकार निर्वाचनमा जानबाट डराइरहेको छ ।”

निर्वाचन नगर्दा दक्षिणपन्थी अतिवादी शक्तिलाई प्रश्रय मिल्ने, संविधान कार्यान्वयन हुन नदिने र मुलुकलाई असफल राष्ट्र बनाउने खेलमा सरकार लागेको उनले आरोप लगाए । उनले आगामी जेठ १५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने र स्थानीय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर सरकारले निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

तराईलाई विभाजन गर्ने डिजाइनअनुसार ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजिएको र यसले राष्ट्रियतामाथि गम्भीर असर पर्ने भएकाले संविधान संशोधन कुनै पनि हालतमा पारित गर्न नदिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस