क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्याम्पसका ‘बाजे‘ बिद्यार्थीद्वारा अक्षयकोष


५ फाल्गुन २०७३, बिहिबार


धनगढी । सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजारको अक्षयकोष खडा गगरेका छन् ।

विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गरिएको जानकारी दिए । जोशी ११ कक्षादेखि नै सोही क्याम्पसमा अध्यययनरत विद्यार्थी हुन् । उनी हाल मानविकी सङ्कायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्यययनरत छन् ।

पढाइलाई उमेरले नछेक्ने उदाहरण दिनुभएका जोशीले बूढेसकालको समयमा भए पनि डिग्री सम्मको अध्ययन पूरा गरेरै छाड्ने सोचमा रहेको बताए । क्याम्पसमा उनलाई ‘बाजे‘ भनेर अधिकांशले सम्बोधन गर्छन् । जोशीले स्थापना गरेको अक्षयकोषबाट यस वर्ष स्नातक तह तृतीय वर्षमा अध्ययनरत छात्र महेश नेपालीलाई छात्रवृत्ति प्रदान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस