आगामी मङ्सिरसम्म तीनवटै तहको निर्वाचन हुनेः सभापति देउवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगामी मङ्सिरसम्म तीनवटै तहको निर्वाचन हुनेः सभापति देउवा


५ फाल्गुन २०७३, बिहिबार


रामेछाप । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिकको बुधवार अनावरण गर्दै आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मङ्सिरभित्र सङ्घीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने कुरामा उनले जोड दिए ।

नेपाल अहिले पनि सङ्क्रमणकालमै रहेको बताउँदै सभापति देउवाले तीनवटै तहको निर्वाचन नसकी सङ्क्रमणकालको अन्त्य नहुने बताए ।

कार्यक्रममा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वयनको दुईवटा एजेण्डा लिएर बनेको भन्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान प्रक्रियालाई कसैले रोक्न नसक्ने पनि बताए । सो अवसरमा सहिद परिवारलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस