Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्ववियु निर्वाचन सम्बन्धमा क्याम्पस प्रमुखसँग छलफल


प्रशासन संवाददाता

४ फाल्गुन २०७३, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ ।

त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए ।

उनले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव नहुने बताएको जानकारी गराएका थिए । “६–सातवटा क्याम्पस प्रमुखले ताला लगाएको अवस्थामा निर्वाचन गराउन सम्भव नभएको तर हामीले नआत्तिन भनेका छौँ । निर्वाचन कार्यतालिका एक–दुई दिन फरक भएपनि केही फरक पर्दैन । हामी सरकार, राजनीतिक दल र विद्यार्थी सङगठनसँग निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्छौं भनेका छौँ’’, उनले भने ।

फागुन १ गतेदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु भएकोमा अहिलेसम्म त्रिविका ६० मध्ये ३५ क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ । नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्षले उमेरको हदबन्दीको विषयमा र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन प्रक्रिया र फर्जी भर्ना रोक्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् ।

निर्वाचन प्रक्रियाअनुसार आजदेखि उम्मेदवारको मनोनयन पत्र वितरण गर्दैछ । त्रिविले ८ वर्षपछि गर्न लागेको यसपटकको स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्दैछ । रासस

प्रतिक्रिया दिनुहोस