Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

धनाडीको भेटाई देउन मेरी मायालु सार्वजनिक


४ फाल्गुन २०७३, बुधबार


धनगढी ।  सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम भेटाई देउन मेरी मायालुको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेकर्ड भएको प्रेम बियोगमा आधारित उक्त भिडियोलाई बसन्त फिल्मस प्रा. लि. काठमाडौँले बजारमा ल्याएको हो ।

गीत गायक धनाडीको आफ्नै लय, शब्द ताथ स्वँर रहेको छ भने निर्मला खडायतले धनाडीलाई साथ दिएकी छन । चर्चित मोडेल सुरज रावल र सरगम श्रेष्ठको अभिनय उक्त म्यूजिक भिडियोमा देख्न पाइन्छ ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बैतडीको तल्लोस्वराड उदयदेव गाबिसमा जन्मनुभएका गायक राजेन्द्र बिगत २ बर्ष देखी धनगढी स्थित रेडियो सुदूर सन्देशमा कार्यरत छन् । सञ्चारकर्मी मात्र नभई गीत संगीतको क्षेत्रमा उनी आफ्नो पहिचान बनाइरहेका छन् । उनले यस अघि मेरै दिलमा छौ नामक लोक दोहोरी गीत बजारमा ल्याइसकेका छन् । सफल कलाकार बन्नका लागि सबैखालका गीत गाउनु पर्छ भन्ने मान्यता उनको छ ।

उनी अरु चोटै चोटको जिन्दगी, मरे पछी बोल्न पाउदैन, बाह्रखरी जस्ता लोक दोहोरी गीत बजारमा आउने बताउछन् । गीत संगीत तिर लागेर बाँच्न कठिन भएपनि समस्या, चुनौतिलाई सामना गर्दै अगाडी बढे सफल बन्न सकिन्छ भन्ने उहाको धारणा छ । कलाकर्मी एकिकृत भएर नेपाली गीतसंगीतको लागि लडन सके कलाकारको भविष्य उज्वल उनी देख्छन् ।

प्रतिक्रिया दिनुहोस