आन्तरिक तथा वाह्य पर्यटनका लागि नेपालका १० दर्शनीय स्थलहरु
प्रदेश नं ७ मा पर्ने खप्तड क्षेत्र
मुगुको रारा ताल, डोल्पाको फोक्सुण्डो ताल
प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी
बुद्ध जन्मस्थल लुम्बीनी
चितवनको सौराहा
जनकपुरको जानकी मन्दिर
मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ मन्दिर र ल्होमन्थाङ
पोखरा र यस वरिपरिका पर्यटकीय स्थानहरु जस्तै: फेवाताल, डेभिड फल्स, महेन्द्र गुफा, सराङकोट, घान्द्रुक, धम्पुस, विरेठाँटी
काठमाण्डौ उपत्यकाभित्रका सम्पदाहरु, नगरकोट
धनकुटा हिले र ताप्लेजुङको पाथिभरा
वस्तुगत प्रश्नहरु
१. Hydroponics भनेको के हो ?
२. नयाँ शहरका रुपमा विकास गर्न प्रस्तावित भै कार्य प्रारम्भ समेत भएको मध्य पहाडी राजमार्गमा पर्ने स्थानमध्ये बुर्तिवाङ बागलुङमा, खुर्कोट सिन्धुलीमामा पर्दछ भने “राकम” कुन जिल्लामा पर्दछ ?
३. तेमाल जात्रा तामाङ समुदायमा प्रचलित छ भने कक्फेवा तङनाम कुन समुदायको नयाँ वर्ष हो ?
(क) राइ (ख) सुनुवार
(ग) गुरुङ (घ) लिम्बु
४. देहायका मध्य समूहमा नमिल्ने कुन चाँही हो ?
ल्याक्टोमिटर, डायमिटर, भोल्टामिटर, थर्मोमिटर
५. ओभाउँदा चिसो हुने चिज कुन हो ?
सही उत्तरहरु :
१. माटो विनानै पानीमा खेती गर्ने प्रविधि २. दैलेख ३. (घ) लिम्वु ४. डायमिटर (अरु सवै उपकरण हुन्) ५. गम्छा (शरिर ओभाउँदा)
छोटो प्रश्नोत्तर
१. पञ्चशीलको परिचय दिनुहोस् ?
पञ्चशीलको प्रयोग मानवीय जीवनलाई मूल्यवान वनाउन मात्र हैन कि अन्तराष्ट्रिय सम्वन्धको आधार वा मार्गनिर्देशक सिद्धान्तका रुपमा समेत प्रयोग हुने गर्दछ । यी दुवैको छोटकरी परिचय उल्लेख गरिएको छ ।
मानवीय जीवनमा पालना गर्नुपर्ने पाँचवटा नियम वा आचरणको रुपमा पञ्चशीललाई विभिन्न शास्त्रहरुमा अहिंशा, अस्तेय, साँचो वोल्नु, ब्रम्हचर्यको पालना र मादक पदार्थ सेवन नगर्नुलाई उल्लेख गरिएको छ । यी पाँचवटा गुण हुँदा मानिस पूर्ण हुने र असल हुने वताइएको छ ।
परराष्ट्र मामिला तथा देश देश वीचको सम्वन्धा प्रयोग हुने पञ्चशीलको प्रयोग भने सन् १९५४ मा चीन र भारतवीच वेइजिङ (तत्कालिन पेकिङ) सम्झौता हुँदा उल्लेख भएका पाँचवटा आधारलाई पञ्चशीलको नाम दिइएको इतिहासले वताउँदछ । पछि असंलग्न आन्दोलनको सिद्धान्त र नेपालको परराष्ट्र नीतिको एक प्रमुख आधारका रुपमा पनि पञ्चशीललाई समावेश गरियो । उक्त पञ्चशीलको सिद्धान्तमा देहायका विषय वा तत्वहरु रहेका छन् :
- सार्वभौमसत्ता र अखण्डताको सम्मान
- एक अर्कामा आक्रामक कारवाही नगर्नु
- आन्तरिक मामितामा अहस्तक्षेप
- समानता र पारस्परिक हितका लागि सहयोग
- शान्तिपूर्ण सहअस्तित्व
आकारमा सानो वा ठूलो जस्तो भएपनि देशहरुको समान हैसियत हुनुपर्ने र परराष्ट्र सम्वन्धका मामिला तथा शान्ति स्थापनामा यो सिद्धान्तको अहम महत्व रहीआएको छ ।
२. संवेगात्मक वौद्धिकता (Emotional Intelligence) भनेको के हो ? कसरी विकास गर्ने ?
व्यक्ति आफैलाई राम्रोसँग चिन्ने, सम्पर्कमा आउने वा समूहका अन्य सदस्यलाई बुझ्ने र व्याख्या गर्ने तथा सोहीअनुसार व्यवहार गर्ने, सम्वन्ध राख्ने विषयको समष्टिरुपलाई संवेगात्मक बौद्धिकता भन्ने गरिन्छ । आधुनिक नेतृत्व गुण अन्तर्गत यसलाई अनिवार्य र महत्वपूर्ण तत्व मानिएको छ । यो गुणले कार्यसम्पादनमा वृद्धि गर्न व्यक्ति र संगठन दुवैलाई प्रत्यक्ष सहयोग गर्ने पाइएको छ ।
संवेग (Emotion) लाई नियन्त्रण गर्नुपर्दछ भन्ने पूरानो मान्यतामा परिवर्तन आई हाल आएर सम्वन्ध र काममा संवेगको सही पहिचान र प्रयोग गर्ने क्रम वढेर गएको छ । व्यक्तिको रुचि र Intelligence Quotient बुझेर सञ्चार गर्ने र व्यवस्थापकीय सम्वन्ध विकसित गर्न सकेमा संलग्न जनशक्ति उत्प्रेरित हुने र क्षमताअनुसारको काम संभव हुने संभावना रहन्छ । Emotional Intelligence मा संवेगप्रति संवेदनशीलता, संवेग परिवर्तन र संवेगात्मक स्थायित्व समेटिने मानिन्छ ।
डेनियल गोलम्यानका अनुसार संवेगात्मक बौद्धिकतामा आफुलाई बुझ्ने, आफुलाई नियन्त्रण गर्ने, स्वयं उत्प्रेरित हुने, अरुप्रति सहभावना राख्ने र सामाजिक व्यवहारका सीप गरी पाँचवटा पक्षहरु मूलरुपमा रहेका हुन्छन् । त्यस्तै सक्षमता मोडलले भने संवेग थाह पाउने, संवेगका सम्वन्धमा कारण थाह पाउने, संवेगको वोध गर्ने र संवेगको उपयुक्त व्यवस्थापन गर्ने गरी चारवटा मुलभूत कामहरु रहने देखाएको
छ ।
दैनिक जीवन तथा सांगठनिक कामको सिलसिलामा एउटा व्यक्तिमा उत्पन्न हुन सक्ने संवेगहरु जस्तै : खुशी/चिन्ता, रीस/डर, विश्वास/घृणा, आश्चर्यजनक/अनुमानित मध्ये जुनसुकै पनि हुन सक्ने हुँदा संवेगको पहिचान गर्ने, सही मात्रामा प्रयोग गर्ने र सन्तुलित रहने विषय आफैमा जटिल रहेको छ । संवेगात्मक बौद्धिकता राम्रो हुनका लागि आध्यात्मिक ज्ञान वढाउने, योग गर्ने, खेल खेल्ने, यात्रा गर्ने, सबल तथा दुर्वल पक्षको विवेचना र समीक्षा गर्ने, गल्ती हुँदा स्वीकार गर्ने, समूहका सदस्यहरुलाई नजिकबाट नियाल्ने र भूमिकाअनुसार Reinforce गर्ने जस्ता कामहरु पर्दछन् ।
नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ७ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । सम्पादक