Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रिय प्रजातन्त्र पार्टी संवैधानिक राजसंस्थाका पक्षमा


३ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउनेलगायत कार्यदिशालाई पनि बैठकले पारित गरेको छ ।

संवैधानिक राजसंस्थाका विषयलाई पार्टीको महाधिवेशनमा छलफल गरी निर्णय लिइनेछ । तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते भएको एकीकरणमा राजसंस्थाको विषय महाधिवेशनबाट टुङ्गो लगाइने समझदारी गरिएको थियो ।

बैठकमा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमार्फत जनपक्षीय उदारवाद नेपालको अर्थ राजनीतिको आधार हुनुपर्ने निष्कर्ष निकालिएको छ । पार्टीले अङ्गीकार गरेको आर्थिक उदारवादमा नवसामन्तवाद, आर्थिक शोषण र यसले प्रोत्साहन गरेको भ्रष्टचारविरुद्व केन्द्रित हुने आधार तयार गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस