Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बेल्जियमका विदेशमन्त्री र परराष्ट्रमन्त्री डा महतबीच भेटवार्ता


३ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । बेल्जियम भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदर रेन्डर्स्बीच ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ । दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका विषयमा समेत सहमति भएको जनाएको छ ।

त्यस्तै नेपाल र बेल्जियमको संसद्का बीचमा संसदीय समूहको निर्माणका विषयमासमेत सहमति भएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्री डा महतले नेपालको विकासका लागि जारी विकास प्रयासको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न आग्रह गर्दै नेपालको विकास प्रयासमा विगत लामो समयदेखि बेल्जियमले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

नेपालको पछिल्लो राजनीतिक विकासक्रमका बारेमा जानकारी गराउँदै महतले नेपालले नयाँ संविधान जारी भएपछि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा प्रजातन्त्रको सुदृढीकरणको प्रयासलाई थप गति दिएको र निकट भविष्यमा नै स्थानीय र राष्ट्रिय निर्वाचनमार्फत सङ्घीय शासन व्यवस्थालाई संस्थागत गर्ने काममा जुट्ने बताए ।

भेटमा बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदरले बेल्जियम सरकारले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस