Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भिरबाट लडेर बैतडीमा दाजुभाइको मृत्यु


३ फाल्गुन २०७३, मंगलबार


बैतडी । भिरबाट लडेर बैतडीको गाँजरीमा दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै उनीहरुको मृत्यु भएको बताइएको छ ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस