गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


३ फाल्गुन २०७३, मंगलबार


उनी छुट्टिएको दिन पनि प्रेम दिवस थियो
अनि भेटिएको दिन पनि प्रेम दिवस थियो

त्यसैले यो दिन मेरो लागि विशेष हुने गर्छ
मुटु रेटिएको दिन पनि प्रेम दिवस थियो

अचेल त म अब्बल जँड्याहामा गनिइसकेको छु
पहिलोपटक पिएको दिन पनि प्रेम दिवस थियो

स्वाससहित लासको रुपमा जिएको बर्षौ भो
जिन्दगी मेटिएको दिन पनि प्रेम दिवस थियो

तिम्रो महल अगाडि बसेर पिउने मन छ मलाई
संसार लुटिएको दिन पनि प्रेम दिवस थियो

 

Tags :
प्रतिक्रिया दिनुहोस