यादको घडी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यादको घडी


३ फाल्गुन २०७३, मंगलबार


फेब्रुअरी महिनाको अन्त नै थियोे । शिशिरले उजाडिएको निरसिलो समयलाई पार गर्दै बसन्तको आगमन भएको प्रतित दिलाइरहेको थियो प्रकृति । आँगनमा फुल, आलीमा दुबो, कलिला कुलकुलाउँदा बोट्विरुवाका पालुवालाई पवनले हल्लाईरहेको थियोे । मौसम वातावरण र प्रकृतिमा आएको परिवर्तनले प्राणी र जीवजन्तुमा जुन खुसी छाउँछ त्यो खुसी सरिताले आफ्नो जीवनमा आएको अनुभूति गरेकी छे । के थियो ? सरिताको खुसीको राज ? त्यो बुझ्ने मलाई कौतुहलता जाग्यो ।

म बजार जाँदै थिए बाटोमा सरितालाई भेटें । मसँगै स्कुटरमा जाने अनुरोध गरि उसले । सँगै गयौ बजार । खोतलें अघिको कुरा । भर्खरै ऊ कसैको नव प्रेममा आकृष्ट रहेको खुलासा गरी उसले मलाई । सुनाई मलाई उसको प्रेमबृतान्त । सागरले मलाई साथी बनाउने अनुरोध गरेको थियो । मैले उसको अनुरोध स्वीकार गरें । जीवनमा उसलाई स्वीकार गर्न त सक्छु कि सक्दिन तर फेसवुकमा पठाएको मित्रतालाई स्वीकार गरिदिएँ । हामी दुबै आजभोलि च्याट्मा रमाइलो संसारमा रमाउने जोडी भएका छौं । तर मेरो बाँच्ने धरातल अलग छ उसको अलग छ । म विवाहित अनि दुई छोरीको आमा र ऊ अविवाहित । मैले भनें– सरिता तिमीले अविवाहित भनेर सागरलाई छ्ल्नु पाप हो । जे छ त्यो खुलस्त भन्देउ सागरलाई । दिदी मैले हजार पटक भनिसकेको छु । मेरो बास्तबिकता । मेरो पारिवारिक अवस्था अनि मेरो जिम्मेवारी पनि सुनाईसकें ।

जीवनमा उसलाई स्वीकार गर्न त सक्छु कि सक्दिन तर फेसवुकमा पठाएको मित्रतालाई स्वीकार गरिदिएँ । हामी दुबै आजभोलि च्याट्मा रमाइलो संसारमा रमाउने जोडी भएका छौं ।

तर मलाई सागरले यति धेरै माया गर्छ । म पनि उसलाई धेरै माया गर्छु । छोरीहरु, पतिलाई पनि त्याग सक्दिन म, न त सागरलाई बिर्सन सक्छु । प्रेम अनौठो चिज रहेछ । प्रेम प्राप्त गर्न जति सजिलो छ त्यति त्यसलाई जीवन्त बनाउन पनि सहज रहेनछ । तिमी र तिम्रा छोरीहरु म मेरो साथमा राख्न तयार छु । प्लिज मलाई साथ देउ, सरिता । सागरले मलाई धेरै पटक भनेको थियो । म ठूलो बिपद्मा परें । प्रेमले संसार उज्यालो पार्छ । कलुसित भावना पखाल्छ । मान्छेलाई बाँच्ने आधार तय गर्छ । सोचेकी थिएँ । लामो कुराकानीमा घण्टौं रमाउन थाल्यौं हामी । तर प्रत्यक्ष भेटघाट हामीवीच भएको थिएन । बसाइ उसको म बाट निकै टाढा थियो । घर उसले पश्चिम् नेपाल तर रोजगारीको सिलसिलामा पन्जाब बस्दो रहेछ । भूगोलको दुरीले टाढा भएपनि सामाजिक संजालले निकै निकट भयौं हामी । बाल्यकाल मै ऊ त्यहीं बसेकाले नेपालको भौगोलिक अवस्थामा अनभिज्ञ थियो ऊ । दुई तीन पटक उसले मलाई रक्सौलसम्म आउन आग्रह नगरेको पनि होइन ।

त्यो लामो यात्राका साथ उसलाई भेट्न त्यहाँसम्म जाने हिम्मत म मा थिएन । विवाहित नारी, अभिभावक अनि आफ्नै पेशाले त्यो सब गर्न असमर्थ थिएँ । पटक–पटक उसको अनुनयलाइ मैले बाध्यताले पुरा गर्न सकिन । ऊ पनि प्राइभेट कम्पनीमा काम गर्दो रहेछ । त्यसैले बिदा नमिलेर त्यो भेटघाट को चाँजोपाँजो मिलेन हामीलाई । तिनै फेसबुकमा अप्लोड भएका तस्बिर हाम्रा लागि साक्षात्कार भेट झैं लाग्थ्यो । सागर र म वीच प्रेम सम्बन्ध झाँगिदै गयो । तिमी बिना बाँच्न सक्दिन प्रिया प्रिया मिसिङ् यु  भनिरह्न्थ्यो । फेसबुकको स्टाटस नै यही बनिरहन्थो । एकमनले सोच्थें– आधा उमेर उसका लागि खर्च गर्न किन चुकुँ ? समाजले दुई चार दिन त कुरा काट्ने हुन नि । फेरी  सोच्थें– आफ्नो पेशा, ईमानदार पति आखाका नानी छोरीहरुको अनुहार नियाल्थें । धिक्कार्थें आफ्नै भाग्यलाई । कमसेकम बीस बर्षपछि जन्माईदिएको भए त हुन्थ्यो नि झैं लाग्थ्यो । समय मिलाउँदै कुराकानीमा अभ्यस्त र व्यस्त भइरहन्थ्यौं । करिव–करिव यो हाम्रो अन्तर हृदय को प्रेम तीन बर्षसम्म चलिरह्यो । उसलाई घरमा विवाहका लागि निकै पटक दबाब आएको कुरा नि सुनें । ऊ हरेक पटक मेरो निर्णयको प्रतीक्षामा प्रतिक्षारत हुन्थ्यो । तर म अनुत्तरित नै भइरहन्थें । म मा विवाहको निर्णयको निकास पनि थिएन । धेरै पटक भनिसकेकी थिएँ– माया गर्नु विवाह बन्धनमा मात्रै बाधिन होइन सागर । तिमीलाई प्रेम गरी नै रहेको छु पछिसम्म गरिरहनेछु । तर उ मेरो जवाफमा सन्तुष्ट थिएन । सरिता तिमीलाई मेरो नामको सिन्दुर र पोतेमा सजिएको हेर्न चाहन्छु । न्यानो अङ्गालोमा बाँधिएको देख्न चाहन्छु । एकअर्कालाई स्पर्समा लेटिएको हेर्न चाहन्छु । सागरले मलाई भन्थ्यो । यस्तै प्रणयका संवाद हामीवीच चलिरहन्थे । एकदिन सागर ले भन्यो– म दुई चार दिन अनलाईन आउँदिन होला ।


सागर र म वीच प्रेम सम्बन्ध झाँगिदै गयो । तिमी बिना बाँच्न सक्दिन प्रिया प्रिया मिसिङ् यु  भनिरह्न्थ्यो ।

यसरी म बाट उ केही दिनको बिदामा निस्कियो । कारण के थियो ? म अन्जान थिएँ । उसँगको सम्पर्क नम्बर मसँग भएकोले २/४ दिन त हो बिदा मागेकै हो भन्ने कुरामा ढुक्क भएँ । केही दिनपछि अनलाईनमा खोजें सागरलाई देखिन र फोनबाट सम्पर्क गरौं भन्दा मोबाइल अफ रहेछ । हरे ! म मा बेचैनी सुरु भयो । खट्पट निराशा, कौतुहलता सबै सबै मिसमास भए । हाम्रो प्रेम सम्बन्धलाई खहरे झै मानें । जहाँ पानी छैन । ऊ पनि छ, म पनि छु तर सम्पर्कविहीन हुनुले शुन्य शुन्य प्रतीत हुन् थाल्यो । दिनचर्यामा फरक भयो । समय आफ्नै रफ्तारमा बहिरहेको छ तर हाम्रो मायाको रफ्तारमा किन ? तगारो लागेको छ ? मनमा प्रश्न प्रतिप्रश्न नदौडिएका नि होइनन । करिबकरिब तीन महिनापछि उसले मलाई एउटा मेसेजमार्फत सन्चै रहेको कुरा जानकारी गराएको थियोे । ऊ केही लफडामा फसेको कुरा हल्का सुनायो । वास्तविकता के थियो ? त्यो बुझ्न सकिन । तर जे होस् ऊ कतै यही धर्ती मा बाँचेको छ वस । अलिकति सन्तोष भयो । तर सागर म बाट टाढिदै गयो । जुन रूपमा निरन्तर संवाद हुन्थ्यो त्यो क्रमभङ्गतातर्फ उन्मुख थियो । बोलचालमा कमी आयो । ऊ पन्जाबबाट आफ्नो पुर्ख्यौली घर नेपाल आएर कुनै पेशामा आबद्ध रहेको कुराको आशय बुझें ।

केही महिनाको नेपाल बसाइपछि ऊ भ्रमणका लागि सिङ्गापुर गएको कुरा जानकारी फेसबुकमा पोस्ट गरेको स्टाटसले अवगत गरायो । ऊ अनलाईनमा रहेछ । छोटो कुराकानी भयो हामीवीच । यो भ्रमण सकिना साथ नेपाल आएर तिभीसँग भेट गर्ने इरादा छ– सागरले भन्यो । ओहो ! मेरो खुसी को सीमा रहेन । त्यो वाक्यले म प्रफुल्लित भएँ । ढकमक्क फुलको फुल झैं मेरो मन फुलिरहेको थियोे । तीन बर्षे प्रेम प्रतिक्षामा हामी दुबै भेटको व्यग्रतामा थियौं । हराएको बस्तु भेटिएको छ मानौ । सिङ्गापुरमा हुँदा उसले सोध्यो– के ल्याईदिउँ आउँदा ? मैले ब्याग र लिपिस्टिक भनें । उ झस्कियो । मैले सोधें– किन नि ? साथीहरूसँग डुल्न गएको रहेछ । अविवाहित भएको कारण साथीले जिस्क्याउने डरले लिपिस्टिक र ब्याग नल्याउने भनेको रहेछ । त्यसो भए घडी ल्याईदेउ न ल ? सागर । मैले भनें । ऊ मन्जुर भयो । घडी माग्नुको कारण पनि त मसँग थियो नि । घडीको घण्टा, मिनेट, सेकेन्ड काँटासँगै उसको माया मेरो हृदयमा धड्कीरहोस् ऊ मबाट जति टाढा भए नि । उसको अभावमा तिनै काँटाले बताउने समयसँगै जिउन सकुँ । मेरो देब्रे हातमा सधैं बाँधिने घडीमा समय हेर्दा उसकै याद आईरहोस । बस यति थियो मनोकांक्षा । न जीवनसाथी नै बनाउन सक्थें उसलाई म । मेरो बाध्यता थियो ।


घडीको घण्टा, मिनेट, सेकेन्ड काँटासँगै उसको माया मेरो हृदयमा धड्कीरहोस् ऊ मबाट जति टाढा भए नि । उसको अभावमा तिनै काँटाले बताउने समयसँगै जिउन सकुँ ।

दस दिने भ्रमण सकेर नेपाल फर्कियो सागर । काठमाडौँ उत्रिएपछि मसँग फोन वार्ता भइरह्यो । मेरो गृह नगर विराटनगरको बस्तुस्थतिबारे जानकारी दिइरहें । उ विराटनगरको रात्रीबस चढेर भोलिपल्ट आईपुग्यो । सन २०१६  फेब्रअरी १४  मा । संयोग पनि कस्तो जुरेको याद गरेकै थिएनौँ हामीले त । प्रणय दिवस पो परेको रहेछ । साँच्चिकै भगवानले नै क्षणिक भए नि प्रणयसुखमा बाँधिने संयोग मिलाई दिएका होलान् सायद । हामी करिब छ घण्टा सँगै रह्यौँ । थोरै समय धेरै प्रेमिल यादहरु दिलाउने भेट भयो । हाम्रा लागि शुभ अवसर थियो । उसले ल्याईदिएको घडी उपहार आफै मेरो देब्रे हातमा लगाईदिंदा स्वयम्बरका वर वधु झंै प्रतीत भइरहेको थियोे । हाम्रो तीन बर्षे प्रेम यात्राको छोटो तर मीठो रोमान्टिक क्षण । लामो रहेन । उसले काठमाडौ जाने टिकट पनि गरेको हुनाले हामी छुट्नु नै पर्ने भयो ।

उसलाई गाडीसम्म छोड्न भनेर बस स्टेसनमा पुग्यौँ । आँखाभरी आँसु, निन्याउरो अनुहार, खिन्न मन लिएर हामी बिछोडिने समयमा थियौ । फोन चै हामीवीच हुनुपर्छ है, सागरले भन्यो । मैले ( हवस् भन्ने उत्तर दिएँ । गला अबरुद्ध भएकोले मैले केही थप कुरा भन्न सकिन । हामी आफ्ना आफ्ना गन्तव्य तर्फ लाग्यौँ । करिब–करिब एकबर्ष भयो । ऊ कुनै सम्पर्कमा छैन । उसले दिएको नम्बर अफ छ । सागर (तिमी जहाँ रहे पनि, जहाँ भएपनि प्लिज एकपटक बोल न है ! प्लिज ! यो सामाजिक संन्जालमा व्यक्त प्रेम अरु कसैको कपोकल्पित कथा होइन सागर । यो कथा तिम्रो र मेरो (सरिता) र (सागर) को कथा हो । यो जन्ममा त तिम्रो हुन सकिन । अर्को जन्ममा तिम्रै हुन् सकुँ । यति चाह छ मेरो सरिता (नदी)को अन्तिम मिलन बिन्दु नै सागर हो । तिम्रो घडी उपहारले मलाई तिम्रो यादबाट कतिपनि बिमुख गराएको छैन । तिमी टाढा छौ तिम्रो यादको हरेक पल घडीमा धड्की रहेका छौं । घण्टाको काँटासँग तिमी म सँगै हिडेका छौं । बेला बेला घडी खोलेर राख्न खोज्छु । अँह ! घडीसँगै तिम्रो याद खोलेर राख्न यो मन मान्दैन । यादको घडी सदा मेरै हातमा र साथमा राख्ने प्रण गरेकी छु । केवल तिम्रो याद सजीव राख्न ।

Tags :
प्रतिक्रिया दिनुहोस