नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी डा. दिनेशचन्द्र पोखरेललाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी डा. दिनेशचन्द्र पोखरेललाई


प्रशासन संवाददाता

२ फाल्गुन २०७३, सोमबार


काठमाडौं । सरकारले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राविधिक तर्फका अतिरिक्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेललाई दिएको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस