१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्पादनशील क्षेत्रमा लगानी गर्न गभर्नरको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सन्दर्भमा आयोजित कार्यक्रममा गभर्नर नेपालले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सबैको हैसियत देखिएकाले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिए ।

उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्न आग्रह गर्दै उनले योजनाबद्ध तवरले लगानी नगर्ने हो भने राजनीतिक परिवर्तनसमेत दिगो हुन नसक्ने बताए ।

उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्न आग्रह गर्दै उनले योजनाबद्ध तवरले लगानी नगर्ने हो भने राजनीतिक परिवर्तनसमेत दिगो हुन नसक्ने बताए । उद्योग व्यवसायलाई अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै गभर्नर नेपालले आज हामीले नगरे कसले गर्ने भन्ने मान्यताका आधारमा अगाडि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले लगानीमैत्री वातावरण निर्माण गरेर मुलुकको आर्थिक समृद्धिको योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई आजदेखि प्राप्ति गरेको छ । सो बैंकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमइ बैंकको चुक्ता पूँजी सात अर्ब २४ करोड भएको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ अगाडि बढेको बैंकले हालसम्म सातवटा बैंक तथा वित्तीय संस्थासँग मर्जर एवम् प्राप्ति गरिसकेको छ । प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमइ बैंकका ९४ वटा शाखा पुगेका छन् । रासस

प्रतिक्रिया दिनुहोस