३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाथ मुटुरोगको निःशुल्क शल्यक्रिया सुरु

अ+ अ-

काठमाडौँ। बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क शल्यक्रिया गरी मुटुको भल्ब फेरिएको छ ।

सरकारले आइतवारबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाएका हुन् ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत माघ १५ गते सहिद गङ्गालाल हृदय केन्द्रको वार्षिकोत्सवमा बाथ मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए ।

सरकारले आइतवारबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो ।

नेपालमा मुटु रोगको समस्या बढ्दै गएपछि सरकारले मुटुका अन्य रोगको उपचार निःशुल्क गरेअनुरुप बाथ मुटुरोगीको पनि उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रसँगै, मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि सो रोगको उपचार सेवा निःशुल्क पाइनेगरी तयारी पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि नै मुटुरोगीका लागि एक लाख उपचारका लागि आर्थिक सहयोग, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि निःशुल्क रुपमा गर्दै आएको छ ।

खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको सङ्ख्या नेपालमा बढ्दै गएकोले उपचारलाई सहज र सबै नागरिकको पहुँचमा पुर्याउन यो सुविधा थप गरेको स्वास्थ्यमन्त्री थापाले बताए ।

नेपालमा काम गरी आम्दानी गर्ने उमेर समूहका युवा त्यसमा पनि विदेशमा रोजगारीका गएका युवाहरुमा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँछन् ।

यसैगरी सहिद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समितिको बैठकले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मुटु रोगको सेवा विस्तार र जनकपुर अञ्चल अस्पतालमा सेवा सुरु गर्ने अध्ययन गर्ने निर्णय गरेको मन्त्री थापाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस