Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मुलुक मागेर समृद्ध बन्दैनः नेता पण्डित


२ फाल्गुन २०७३, सोमबार


झापा । नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्ने बेला आएको बताएका छन् ।

झापाको खुदुनाबारी गाउँ कमिटीले आइतवार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सामान्यप्रशासन मन्त्री पण्डितले मागेर मुलुक समृद्ध नहुने बताए ।

एमालेले देशव्यापी जागरण अभियान सञ्चालन गरेर परिवर्तनको पाइला चालेको उनको भनाइ थियो । मुलुकको राष्ट्रियताको जगेर्ना एमालेले मात्र गर्नसक्ने जिकिर गर्दै नेता पण्डितले एमालेले चालेको परिवर्तनको पाइलामा साथ दिन आह्वानसमेत गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेमबहादुर गिरी, क्षेत्रीय अध्यक्ष हरि राना, इलाम बहुमुखी क्याम्पसका प्राध्यापक उपेन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै, कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेको खुदुनाबारी गाँउ कमिटीका अध्यक्ष बमबहादुर कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस