Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपा कास्कीको अध्यक्षमा पुन निर्वाचित


२ फाल्गुन २०७३, सोमबार


पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्षमा जयलाल पुन निर्वाचित भएका छन्।

उनी ८६ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नारायण गुरुङले ६७ मत पाएका थिए । निर्वाचन समितिले मतपरिणाम आइतबार घोषणा गरेको थियो ।

त्यस्तै २६ जनाको कार्य समितिमा मोतीमान शाक्य, धनमाया कोइराला, निरु थापा, ईश्वरी वैरागी, नेत्रबहादुर बस्नेत, फूलदेवी शाही, कृपा पौडेल, सूर्य वाँस्तोला, सुष्मा त्रिपाठी, विजुलीप्रसाद गुरुङ, हरिप्रसाद बराल, रञ्जनासेन पौडेल, गणेश ढकाल, धर्मेन्द्रबहादुर थापा, कृष्णराज अधिकारी, रामबहादुर तामाङ, मीना सुवेदी, शर्मिला ओझा, युद्धबहादुर कोइराला, निर्मल गौतम, कृष्णबहादुर केसी, प्रकाश कुँवर, सीता जिसी, लालबहादुर शाही, वीरेन्द्र ढकाल र हाजिल दिलमियाँ निर्वाचित भएका छन् ।

पार्टीको क्षेत्र नं. १ बाट देउप्रसाद गुरुङ, २ बाट गीता गुरुङ, ३ बाट असिलकुमार शाही, ४ बाट तीर्थराज सुवेदी तथा पोखरा उपमहानगरपालिकाको अध्यक्षमा रमेशबहादुर खत्री र लेखनाथ नगरपालिकाको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि महिला, दलित, जनजाति र अन्य क्षेत्र समेतबाट एक क्षेत्रबाट नौ जना, जिल्ला कार्य समितिबाट नौ जना, पोखरा उपमहानगरपालिकाबाट ३ र लेखनाथ नगरपालिकावाट २ गरी ५० जना छनोट भएको पार्टीका नेता भीमराज भण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस