इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब


१ फाल्गुन २०७३, आइतबार


धनगढी । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट बैंकको २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका लागि जम्मा गरिएको रकम गायब भएको आशङ्का गरिएको छ ।

बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस