स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   
स्थानीय निकायको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा

१ फाल्गुन २०७३, आइतबार

कञ्चनपुर । कञ्चनपुरका स्थानीय निकायका कर्मचारीले आइतवार स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सादै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज ठप्प पारी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

कर्मचारी कामकाज ठप्प पारी धर्नामा बसेपछि स्थानीय निकायको कामकाज ठप्प भएको छ । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताए ।

वर्तमान सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था गरेको गाविस कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष बलराम रानाले बताउनु भयो । हातमा कालोपट्टी बाँधी, पेनडाउन, धर्ना र कामकाज ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम कर्मचारीले जारी राखेका छन् ।

माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारी आन्दोलनमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस