मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मैनालीको ‘नलेखिएको इतिहास’ सार्वजनिक


१ फाल्गुन २०७३, आइतबार


काठमाडौँ। वामपन्थी नेता राधाकृष्ण मैनालीको पाँच दशक लामो राजनीतिक जीवनको अनुभवमा आधारित ‘नलेखिएको इतिहास’ पुस्तक सार्वजनिक भयो ।

विभिन्न राजनीतिक आरोह अवरोहसहित हाल नेकपा एमालेमा रहेका नेता मैनालीले झापा विद्रोहदेखि अहिलेसम्मका आफूसँग जोडिएका राजनीतिक घटनाक्रम समेटेका छन् ।

पुस्तकमा जेलमा जीवनका भोगाइ, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको सरकारमा मन्त्री हुन पुग्दा महसुस भएको गल्ती, नेकपा माओवादी केन्द्रमा प्रवेश र एमालेमा पुनरागमनलगायतका सवाललाई महत्व दिइएको छ ।

पुस्तकको समीक्षा गर्दै प्रा कृष्ण पोखरेलले विभिन्न नेता र आफूसँग जोडिएका कार्यकर्ताका राम्रा तथा नराम्रा पक्ष उद्घाटन गरिनु सकारात्मक पक्ष भएको बताए।

विश्लेषक डा सुरेन्द्र केसीले कम्युनिस्ट नेताहरुले किन पटक पटक गल्ती गर्छन् भन्नेबारेमा पुस्तकले जवाफ दिन नसकेको टिप्पणी गरे ।

लेखक मैनालीले आफूले जे देखेँ र भोगेँ, त्यही लेखेको जनाउँदै आत्मालोचना भइसकेका विषयमा पटक पटक नकोट्याउन आग्रह गरे । पुस्तक पत्रकार माधव बस्नेत र मनबहादुर बस्नेतले सम्पादन गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस