स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु


१ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी दिइन् । उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् ।

कार्यतालिकानुसार मङ्गलबार अपराह्न १ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध गर्ने र दाबी विरोधमाथि छानबिन गरी मङ्गलबार नै साँझ ५ बजेसम्म अन्तिम नामावाली प्रकाशन गरिने छ ।

निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् ।

यसैगरी, फागुन ४ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिने, फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गरिने, फागुन ५ गते अपराह्न ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने र फागुन ६ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गरिने कार्यतालिका छ ।

कार्यतालिकानुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने, फागुन ८ गते अपराह्न ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिइने र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तथा फागुन १४ गते मतदान हुने डा त्रिपाठीले जानकारी दिइन् ।

त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले दुई पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थीको विवादका कारण हुन सकेको थिएन । निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घसङ्गठन दर्ता गराउने अन्तिम मिति तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस