Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चन्द नेपाल प्रहरीको महानिरीक्षक र सशस्त्रको महानिरीक्षकमा श्रेष्ठ नियुक्त


प्रशासन विशेष ब्युरो

१ फाल्गुन २०७३, आइतबार


काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक(आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।

आइतबार बिहानै बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी चन्दलाई आइजीपीमा बढुवा गरेको हो । बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिँहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

यसैवीच, सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले रिटको सुनुवाइ गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाएको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियतामा रहेका डिआइजी चन्दलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

शुक्रबार अधिवक्ता कपिलदेव ढकालले चन्दलाई महानिरीक्षक नबनाउन सरकारलाई अदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस