मदन पुरस्कार बिजेता जोशी सम्मानित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मदन पुरस्कार बिजेता जोशी सम्मानित


१ फाल्गुन २०७३, आइतबार


कैलाली । नेपाली लेखक संघ कैलालीले शनिवार मदन पुरस्कार २०७२ का बिजेता रामलाल जोशीलाई सम्मान गरेको छ । जोशीले सुदूरमा बसेर नेपाली साहित्यको क्षेत्रमा ठुलो योग्दान पु¥याएको भन्दै सम्मानित गरिएको नेपाली लेखक संघ कैलालीका सचिव तीर्थराज पाण्डेयले बताए ।

नेपाली काँग्रेसका नेता नारायण दत्त मिश्रले जोशीलाई सम्मान पत्र र दोसल्ला सहित अभिनन्दन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य आनन्दराज जोशी, नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष भुपाल सिंह खड्का, ऐश्वोर्य बहुमूखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, धनगढी उच्च माविका प्राचार्य लक्ष्मणदत्त भट्ट, वरिष्ठ पत्रकार मनमोहन स्वाँर, दुर्गालक्ष्मी क्याम्पसका प्रमुख हरिकृष्ण कडायत, डोटेली समाजका अध्यक्ष डिल्लीराज पन्त, नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट लगाएतले मन्तव्य व्यक्त गरेका थिए । जोशी नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष पनि हुन् ।

संघका अध्यक्ष गणेश बहादुर नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मेघा भट्टले व्यक्त गरेकी थिइन् भने कार्यक्रममो सञ्चालन तोयनाथ भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस