Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संशोधन प्रस्ताव भोटिङमा गएर पारित हुन्छः प्रधानमन्त्री


प्रशासन संवाददाता

२९ माघ २०७३, शनिबार


रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका—संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव भोटिङमा लगेर पारित गरिने बताएका छन् । सांसद प्रभू शाहको नेतृत्वमा सञ्चालित सडक बचाउ अभियानद्धारा शनिबार दिउँसो आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘हिमाल, पहाड र मधेशलाई जोडेर निर्वाचनमा जाने मेरो संकल्प छ । पहिचान र अधिकारका निम्ति, विगतमा गरिएको उत्पीडनको अन्त्यका लागि मेरो नेतृत्वमा १० वर्षे जनयुद्ध भयो । जनयुद्धकै बलमा संघीय लोकतान्त्रिक संविधान बनेको छ । जनताको माग अझै पुरा भइसकेको छैन । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।’
विकास र समृद्धि राष्ट्रको प्राथमिक एजेण्डा भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘अहिलेको युग विकासको युग हो । दुनियाँले विकासको अपेक्षा गरेको छ । नेपाली जनताले पनि विकासको अपेक्षा गरेका छन् । मेरो नेतृत्वको सरकारले विकास र समृद्धिमा लगातार जोड दिँदै आएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने र रोजगारीको अवसर सिर्जना गर्न म लगातार देश दौडाहामा छु । देशका ठूला आयोजनाहरु सम्पन्न गर्न लगातार कोशिस गरिरहेको छु ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता तृका यादवले संविधान संशोधनपछि गरिने निर्वाचनले मात्रै राष्ट्रिय समस्याको सम्बोधन गर्नसक्ने बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस