गजल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गजल


२९ माघ २०७३, शनिबार


फेरि पनि कसैले याद पठायो
सुनसान मध्य त्यो रात पठायो

छातीमा जनसागर उर्लेपछि,
अनौठो अनौठो बात पठायो

जब ढलें म बेहोस भएर ढलें,
तब मात्र कसैले हात पठायो

जसको विश्वास गरिंदै जाँदा,
उसैले विश्वाशघात पठायो

प्रतिक्रिया दिनुहोस