वीर सहिद अमर रहुन् « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

वीर सहिद अमर रहुन्


२९ माघ २०७३, शनिबार


तिम्रो मलामी म जान नसकेनी,
तिम्रो भाग को खुसी मैले लान नसकेनी,
तिमी त सहिद हौ ।
जसका लागि तिमीले प्राण त्याग गर्यौ ।
ती आमा रोइरहँदा बोल्ने कोही छैन ।

आज भुपीले भने हुँदैन ।
मिर्मिरे बिहानीमा तारा झरेर नगए ।
बन्दैन मुलुकमा दुई चार सपूत मरेर नगए ,
तिम्रो खेती खाइ रहेका छन् ।
आज बिहानी भयो दिन पनि ढल्यो ,
छायो अंधेरी रात
अब त लाग्दैन,
बिहानी हुन्छ कि हुँदैन

किनकी,
ताराहरु चम्किनै छोडे आकाशमा,
पुत्रहरु विकलांग भएर जन्मिदैछन ।
आमाको चिच्याहट बढ्दै गइरहेको छ ।
आँशुका धारा बग्नु बगिसके ।
पुछ्ने कोही छैन
कहिले आउँछौ तिमी ।
अब तिम्री आमा
बाटो हेरि बसेकी छन् ।

दशरथ को घोडामा बसी आउ,
धर्मराज, गुरु शुक्रको चेतना लिइ आउ,
अनि गङ्गा सरी निर्मल बनाइदेउ,
तिम्री आमाले धेरै दुःख पाइन्,
तिम्री आमा लिएर आउ,
धर्मराज पुनः आउ ।

प्रतिक्रिया दिनुहोस