लुकेर थापी धराप फसायौ तिमीले
इज्जत पारी सखाप फसायौ तिमीले
व्यर्थै लागेका आरोप सहनुपर्यो मैले
भई ढुङ्गा झै चुपचाप फसायौ तिमीले
बाचा तोड्यौ सहजै, रहिछ्यौ निष्ठुरी
मजबुरीमा गरि करकाप फसायौ तिमीले
बहाएकी रहिछौ आँसु गोहीका जस्ता
ढाँट्यौ गरि अलाप फसायौ तिमीले
हरायौ रणभूमिमा गरि बिश्वासघात
किन बनेर अफाप फसायौ तिमीले