Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अख्तियारको विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर नपरोस्ः राष्ट्रपति


प्रशासन संवाददाता

२८ माघ २०७३, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो विश्वसनीयता र प्रभावकारितामा नकारात्मक असर पर्न नदिने गरी काम गर्ने विश्वास व्यक्त गरेकी छन् ।
आयोगको २६ औँ स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद् र सर्वोच्च अदालतमा आयोगबारे बहस भएको सन्दर्भलाई ध्यान दिई जनअपेक्षाअनुरुप पेसागत निष्ठा र व्यावसायिक दक्षता अपनाएर मुलुकमा सुशासन कायम गर्ने भूमिका निर्वाह गर्न पनि आग्रह गरिन् ।

संसद् र सर्वोच्च अदालतमा आयोगबारे बहस भएको सन्दर्भलाई ध्यान दिई जनअपेक्षाअनुरुप पेसागत निष्ठा र व्यावसायिक दक्षता अपनाएर मुलुकमा सुशासन कायम गर्ने भूमिका निर्वाह गर्न पनि आग्रह गरिन् ।

संसद्मा आयोगका निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो भने उनको नियुक्तिको योग्यतासम्बन्धी रिटमा सर्वोच्चले अयोग्य सावित गरेपछि कार्की पदमुक्त भएका थिए ।

उनले भनिन्, “आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध नेपालको सपना पूरा गर्न सुशासन कायम गर्ने काममा आयोगको चरित्र र क्षमता अब्बल भई प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने विश्वास लिएको छु ।”

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू छिमेकी भारतको राजकीय भ्रमणमा रहेका बेला आयोगका कारण भोग्नुपरेको तीतो अनुभव आगामी दिनमा भोग्नु नपरोस् भन्दै आयोग स्थापनाको दुईदशक बितिसक्दा पनि मुलुकमा भ्रष्टाचार किन नियन्त्रण भएन भनेर समीक्षा गर्न आग्रह गरे । प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहेका बेला आयोगले तत्कालीन माओवादी शिविरका लडाकुलाई वितरण गरिएको रकममाथिको अनियमितता छानबिनको घोषणा गरेको थियो ।

उनले नयाँ संविधानअनुसार आयोगको कानुन बनाउन र आयोगलाई आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको अवगत गराउँदै सम्बन्धित निकायबीचको समन्वय र व्यक्तिको प्रतिष्ठामा आँच नपुग्ने गरी अनुसन्धान गर्न तथा दोषी नउम्कने गरी काम गर्न आयोगलाई सुझाव पनि दिए ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले प्रचलित कानुनको प्रयोग गरी आयोगले सुशासन कायमका लागि निगरानी र पहरेदारीको कार्यलाई निरन्तरता दिने बताए । रासस

प्रतिक्रिया दिनुहोस