एमाले र मधेसी मोर्चासँगको वार्ता सकारात्मकः निधि « प्रशासन
prasaLogo
२८ माघ २०७३, शुक्रबार

एमाले र मधेसी मोर्चासँगको वार्ता सकारात्मकः निधि


प्रकाशित मिति : 10 February, 2017 5:33 pm

नवलपरासी । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गरिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल नवलपरासीले शुक्रवार परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता र छलफल गरी सीमाङ्कनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पष्ट पारे ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस