विशिष्ट व्यक्ति आउने/जाने बाटामा एक्स–रे राख्न निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विशिष्ट व्यक्ति आउने/जाने बाटामा एक्स–रे राख्न निर्देशन


प्रशासन संवाददाता

२८ माघ २०७३, शुक्रबार


काठमाडौँ। व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र अध्यागमन कार्यालयको निरीक्षण गरी विमानस्थलको आकस्मिक ढोका बन्द गर्न तथा विशिष्ट व्यक्ति आउने/जाने बाटामा एक्स–रे यन्त्र राख्न निर्देशन दिएको छ ।

समितिका सभापति मोहनसिंह राठौरले अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा समितिले समग्र अध्ययन गरेको र अब उपसमिति बनाएर थप अध्ययनसहित निर्देशन दिने बताए । विमानस्थलबाट यसै महिना करिब ३३ किलोग्राम सुन बाहिरिएपछि समग्र विमानस्थलको सुधारका लागि निरीक्षण गरिएको उनको भनाइ छ । समितिले तत्काल निरीक्षण गरे पनि दीर्घकालीन नीति, व्यवस्थापन र सुरक्षाको सम्बन्धमा थप अध्ययन पनि गर्ने छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस