संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुपर्ने आचार्यको भनाइ « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुपर्ने आचार्यको भनाइ


प्रशासन संवाददाता

२८ माघ २०७३, शुक्रबार


दाङ । संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कारमा आचार्यले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने बताए ।

उनले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताए । संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने उनको भनाइ थियो ।
उनले हाल रुपान्तरित संसद्ले दीर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्न नमिल्ने पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस