Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महाधिवेशनको तयारी गर्न निर्देशन


२८ माघ २०७३, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौँ जिल्लाले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई पार्टीको आशन्न महाधिवेशनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएपछि पहिलोपटक बिहिवार बसेको बैठकले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरिएको पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिए ।

अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले पार्टी अध्यक्ष कमल थापालाई पार्टीको आगामी एकता महाधिवेशनमा अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय गराउने सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको सह–प्रवक्ता गिरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस