नेत्र सुवेदीले देखेको सम्बृद्ध नेपालका सम्भावना सहित लोक सेवा सम्बन्धी विशेष श्रृंखला ७ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेत्र सुवेदीले देखेको सम्बृद्ध नेपालका सम्भावना सहित लोक सेवा सम्बन्धी विशेष श्रृंखला ७


२७ माघ २०७३, बिहिबार


समृद्ध नेपाल बन्ने संभावनाका केही नमूना

  • अधिकांश जिल्लामा पक्की सडक पुगेको, पूर्वपश्चिम र उत्तर दक्षिण सडकहरुका अलावा अन्य कोरिडर तथा लिंक सडक निर्माण भएका तथा अन्य वाँकी जिल्ला तथा स्थानमा समेत सडकले जोड्ने अभियान नै चलेको । काठमाण्डौका केही सडक तथा तराइका केही सडक अन्तरार्ष्ट्रिय स्तरको रहेका ।

  • विनाशकारी भूकम्पपछि विपद व्यवस्थापनको क्षेत्रमा जागरण आउनुको साथै Volunteerism बढेको छ ।

  • सञ्चार पूर्वाधारका अलावा अन्य सामाजिक पूर्वाधार विकास तथा जागरणमा महसूस हुने गरी वृद्धि भएको ।

  • विभिन्न आमा समूह, सहकारी समूह, व्यवसायिक समूहहरुको सकृयताका कारण सामाजिक पुँजी निर्माण भैरहेको ।

  • स्वदेशी र विदेशी विश्वविद्यालयमा अध्ययन गरी आआफ्नो प्राज्ञिक क्षेत्रमा स्थान वनाईसकेका गुणस्तरीय जनशक्तिको संख्या वढिरहेको हुँदा नेपालको रुपान्तरणमा उनीहरुको प्रयोग अवसरको रुपमा रहेको ।

  • स्वदेशी विदेशी स्रोत साधन, सूचना तथा सञ्चार प्रविधि,  विकासोन्मुख देशका द्रुत विकासका अनुभवहरु तथा सरकारसँगै अन्य विकासका पात्रहरुको विकासका लागि गरिने साझा वुझाईसहितको अग्रसरताले देशलाई थप उन्नत र सुन्दर वनाउने संभावना वढाएका छन् ।

 

वस्तुगत प्रश्नहरु

१. जतिको तति, ततिको आधा, त्यसको आधामा एक जोड्दा सय हुन्छ भने सो संख्या कति होला ?

२. पृथ्वी राजमार्ग भनेर कुन सडकलाई चिनिन्छ ?

(क) काठमाण्डौ पोखरा        (ख) मुग्लिङ पोखरा

(ग) काठमाण्डौ गोरखा        (घ) नौविसे पोखरा

३. बागलुङ जिल्लासँग सीमा नजोडिएको जिल्ला तलकामध्ये कुन होइन ?

(क) रुकुम                (ख) डोल्पा

(ग) गुल्मी                 (घ) मुस्ताङ

४. स्वर्गद्वारी मन्दिर स्थापना गर्ने स्वर्गद्वारी महाप्रभुको जीवनकाल कुन अवधिको रहेको थियो ?

५. नेपाली वृहत शव्दकोषमा रहेको एकमात्र गलत शव्द कुन होला ?

 

 

सही उत्तरहरु :

१. २२                     २. घ               ३. घ          ४. बि सं १९१६-१९९७     ५. गलत

 

 

छोटो प्रश्नोत्तर

१. नेपालको वर्तमान संविधानमा रहेका विल्कूल नयाँ व्यवस्थाहरु के के हुन् ?

नेपालको इतिहासमा पहिलोपटक संविधानसभाबाट निर्माण भै जारी भएको वर्तमान संविधानका मुख्य मुख्य विशेषताहरुलाई निम्न वुँदामा समेट्ने प्रयास गरिएको छ ः
(क) उद्देश्यहरुलाई गहन र सारभूतरुपमा सविस्तार गरिएको प्रस्तावना रहेको ।
(ख) राष्ट्रिय हितका विषयहरु पहिचान (धारा ५)
(ग) राज्यविहिनता नरहने अवस्थाको सुनिश्चितता (धारा १०)
(घ) नागरिकता सम्वन्धमा नयाँ प्रवन्ध थप गर्दै लैंगिक र प्रादेशिक पहिचानसहितको एकल नागरिकता प्रदान गरिने र सार्क देशवाहेकका देशमा वसोवास गर्दै आएका गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि गैरआवासीय नागरिकता दिने प्रावधान समावेश गरिएको ।
(ङ) मौलिक हकको व्यवस्थालाई थप, विस्तार एवं विशिष्टिकरणसहित ३१ वटा पु¥याइएन कि नागरिकले पुरा गर्नुपर्ने कर्तव्यहरु पनि समावेश गरियो, मौलिक हक कार्यान्वयन गर्न ३ वर्षभित्र कानुन वनाइसक्नुपर्ने भनेर समय सीमा तोकियो ।
(छ) राज्यशक्तिलाई तीनतहको राज्यसंरचनामा वितरण गरिएको छ । सहकार्यात्मक, समन्वयात्मक, सहअस्तित्वका लागि संघीय प्रणाली अवलम्वन गरी संरचनाहरुलाई संघीकरणमैत्री वनाउन प्रस्ताव गरेको ।
(ज) निर्वाचन क्षेत्रका आधारमा प्रतिनिधि चुनिने प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक प्रणालीवाट प्राप्त मतको आधारमा राजनैतिक दलले प्रतिनिधि घोषणा गर्ने पद्दतिसहित मिश्रित समानान्तर प्रणाली अवलम्वन गर्ने उल्लेख । यहि पद्दति अनुरुप संघीय इकाइमा दुई सदनात्मक र अन्य तहमा एक सदनात्मक व्यवस्थापिका रहने व्यवस्था गरिएको ।
(झ) तीन तहको अदालतको व्यवस्थाको साथमा सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था गरिएको ।
(ञ) संख्यामा थप तथा साविकमा रहेकामध्ये केहीमा अधिकार क्षेत्र विस्तार वा संकुचनसहित संवैधानिक निकायको व्यवस्था ।
(ट) संघीय प्रारुप अन्तर्गत रहने ७ प्रदेश रहने र ती प्रदेशमा रहने जिल्लाहरुको किटान गरिएको । तर सिमांकन सम्वन्धमा टुंगो लगाउने जिम्मा भविष्यलाई छाडिएको ।
(ठ) राज्यको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा नेपाली नागरिकको स्वाधिनता र सार्वभौमसत्ता वाहेकका विषयहरु संशोधन हुने भएकोले गतिशील संविधान भन्न मिल्ने ।
संविधान वनेर जारी भएकै समयदेखि केही राजनैतिक दलले स्वीकार नगरेकै कारणले कार्यान्वयन प्रकृया असहज रहेको सन्दर्भमा कार्यान्वयनालाई सहज वनाउनेतर्फ राजनैतिक समुदायले विशेष ध्यान दिएर संविधान संशोधन गर्ने तथा संविधान कार्यान्वयनलाईसमेत सँगसँगै अघि वढाउनुपर्ने देखिन्छ ।

 

. जनता आवास कार्यक्रमको परिचय दिनुहोस् ।

गरिवी निवारणका लागि नागरिकको गास, बास र कपासको साथमा अन्य पक्षमा समेत सकरात्मक परिवर्तन आवश्यक पर्दछ । यसै खाँचोलाई मध्यनजर राखी नेपाल सरकारले आ व २०६७/६८ देखि अघि सारेको आवास निर्माणमा सहयोग गर्ने कार्यक्रम हो जनता आवास कार्यक्रम । खासगरी विपन्न, सीमान्तकृत, दलित समुदायका परिवारलाई शौचालयसहितको ३ कोठे पक्की घर बनाइदिने गरी अघि सारिएको यो कार्यक्रम शुरुमा केही जिल्लामा सीमित रहेकोकोमा हाल आएर धेरै जिल्लामा विस्तार गरिएको र क्रमश सबै जिल्लामा लागू गरिने भएको छ । स्थानीय निकाय, जनप्रतिनिधि तथा स्थानीय लक्षित एवं निकै खाँचोमा परेका घरपरिवारको समेत सहभागिता रहनेगरी अघि सारिएको यो कार्यक्रम कार्यान्वयनका लागि सरकारी निकायको रुपमा सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको भवन डिभिजन कार्यालय रहेको छ । सरकारले चालु आ व २०७३/७४ को बजेटमार्फत २०, ००० घर बनाउने गरी कार्यक्रम अघि बढाएको छ । बिभिन्न जिल्लामा चेपाङ, बादी, मुसलमान, दलित, मुसहर लगायतका गरिवीको मारमा परेका समुदायका लागि प्राथमिकताका आधारमा आवास निर्माण गरी हस्तान्तरण गर्दै आइएको जानकारी समेत प्राप्त भएको छ । यस कार्यक्रमको सफल कार्यान्वयनका लागि सवै सरोकारवालाले यथार्थ लाभग्राही पहिचान गरी यथाशीघ्र आवास निर्माण हुने वातावरण तयार गर्न सहयोगात्मक भूमिका खेल्नुपर्ने देखिन्छ ।

प्रस्तोताः नेत्र सुवेदी ‘प्रयास’ 

 

नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ६ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । www.prasashan.com

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस