पहलमानपुरका महिलाहरु सरसफाइमा जुटे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहलमानपुरका महिलाहरु सरसफाइमा जुटे


प्रशासन संवाददाता

२६ माघ २०७३, बुधबार


कैलाली । कैलालीको पहलमानपुर गाविस सिसैयाका महिलाहरु सामुहिक रुपमा आफ्नो गाउँ सरसफाइमा जुटेका छन् । सरसरफाइको कमीले नै रोग लाग्ने भएकाले गाउँका महिलाहरु सामुहिक रुपमा अग्रसर भै गाउँ सरसफाइमा जुटेका हुन् । उनीहरु साताको हरेक मंगलबार बिहान भेला भइ गाउँ क्षेत्र भित्र पर्ने मुख्य तथा सहायक सडकहरुमा सरसफाइ गर्ने गरेका छन् ।

महिलाहरुले सरसफाइमा सहभागी नहुने व्यक्तिबाट जरिवाना समेत लिने नियम बनाएका छन् । पुर्ण रुपमा सरसफाइमा सहभाग िनहुनेबाट बीस रुपैंया र ढिला गरि आउनेबाट दश रुपैंयां जरिवाना लिने नियम बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस