Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिम्स्टेक शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा


२६ माघ २०७३, बुधबार


काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ ।

मंगलबार सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको बैठकका छलफल तथा निर्णयका बारेमा जानकारी गराउँदै परराष्ट्र सचिव शङ्करदास बैरागीले २०१७ को अक्टोबर वा नोभेम्बरमा शिखर सम्मेलन गर्न प्रस्ताव गरिएको बताए ।

बिम्स्टेकको अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनकोे बैठकअन्तर्गत सोमबार उच्च पदाधिकारीको सत्रौँ तयारी बैठक गरेको थियो । बैठकका छलफल तथा निर्णयबारे जानकारी गराउन मंगलवार आयोजित पत्रकार सम्मेलनमा सचिव बैरागीले यसै वर्षको जुन महिनामा बिम्स्टेकको १५औँ मन्त्रिस्तरीय बैठक हुने बताए ।

बैठकमा विशेषगरी यस क्षेत्रमा यातायात, रेल, प्रविधि, पर्यटन, लगानी, ऊर्जालगायत क्षेत्रमा सम्बन्ध जोड्ने (कनेक्टिीभिटी) विषयमा महत्वपूर्ण छलफल र निर्णय भएको छ ।

बिम्स्टेक क्षेत्रको स्वतन्त्र व्यापारको वार्तालाई द्रुतमार्गमा अघि बढाउने सहमति भएको जानकारी गराउँदै सचिव बैरागीले भने, “आगामी जुन ६ मा बिम्स्टेकको २० औँ वर्षगाँठ मनाउने सम्बन्धमा समेत महत्वपूर्ण निर्णय भएको छ ।”

बैठकले बिम्स्टेकको भावी योजना तय गर्न प्रत्येक सदस्य राष्ट्रबाट दुई÷दुई जना व्यक्ति सम्मिलित एक प्रबुद्ध समूह गठन गर्ने र उक्त समूहलाई भावी योजनाका साथै दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्न सिफारिस गर्ने सम्बन्धमा कार्यादेश दिने निर्णय गरेको छ ।

साथै, बैठकले भारतको गोवामा सम्पन्न ‘बिम्स्टेक ब्रिक्स आउटरिच सम्मेलन’ मा भएका सहमति अघि बढाउन विभिन्न विषयका कार्यदल गठन गर्ने निर्णय गरेको सचिव बैरागीले जानकारी गराए ।

उनले भने, “बिम्स्टेक राष्ट्रका उर्जामन्त्रीस्तरीय बैठक आगामी मार्च महिनाको ३० र ३१ तारिखमा गर्ने सहमति भएको छ । नेपाल बिम्स्टेकको अध्यक्ष राष्ट्र भएको नाताले सबै कार्यक्रम सफल र फलदायी बनाउन हाम्रो प्रयास केन्द्रित हुनेछ ।”

बिम्स्टेक सत्रौँ संयुक्त कार्यदलको बैठक यही माघ २३ गतेदेखि यहाँ प्रारम्भ भएको थियो । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

बिम्स्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको स्थापना सन् १९९७ मा भएको हो । बिम्स्टेकमा नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्यान्ड र श्रीलङ्का सदस्य छन् । सन् २००४ मा नेपालले सो सङ्गठनले सदस्यता प्राप्त गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस