Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकतीस जिल्लामा राप्रपाको नयाँ नेतृत्व


२६ माघ २०७३, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबार भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ ।

प्राप्त परिणामअनुसार काठमाडौँ र भक्तपुरको अध्यक्षमा क्रमशः नवराज सिङ्खडा र दिनेश श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । ललितपुरको मत गणना जारी रहेकाले परिणाम प्राप्त हुन सकेको छैन ।

त्यसैगरी, मनाङमा दीपक गुरुङ, डोल्पामा योगेन्द्र शाही, हुम्लामा कालीबहादुर शाही, धनकुटामा कुमारबहादुर थापा, भोजपुरमा डा. सुरेश बस्नेत, चितवनमा बद्री तिमिल्सिना, गुल्मीमा वसन्तविक्रम पाण्डे, तनहुँमा विनोद घर्ती, झापामा अमरबहादुर विष्ट र सङ्खुवासभामा पदमकेशर कार्की निर्वाचित हुनुभएको छ ।

यसैगरी, सप्तरीमा उम्वेश्वर साह, ओखलढुङ्गामा राजेन्द्र गुरुङ, अर्घाखाँचीमा दीपक कुँवर, नवलपरासीमा ओमबहादुर सिंह, पाल्पामा दुलबहादुर कुँवर, डोटीमा लालबहादुर कठायत, उदयपुरमा ध्रुव रायमाझी, सर्लाहीमा प्रभाकर सिंह, अछाममा मीनबहादुर शाही, र बागलुङमा सुरेन्द्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

साथै, रामेछापमा भरत वाइवा, बाजुरामा जीतबहादुर शाही, सोलुखुम्बु भीम राई, महोत्तरी राजेश्वर राय, डडेल्धुरा हिक्मत साउद, सुनसरी रोहितबहादुर कार्की, रुपन्देहीमा सागरप्रताप राणा, ताप्लेजुङ चन्द्र मादेन, कञ्चनपुर पूर्णबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रूपमा छानिएका छन् ।

सबै जिल्लामा एकै दिनमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । बारामा भने मंगलवार अधिवेशन हुन सकेन ।

मनाङको जिल्ला अधिवेशन भने काठमाडौँमा गरिएको थियो । उक्त अधिवेशनको शुभारम्भ गर्दै प्रवक्ता श्रेष्ठले दुई पार्टीको एकतापछि अहिले कार्यकर्ता र जनतामा उत्साह आएको बताए ।

पार्टीको आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस