Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रशासन र विकास गतिविधिबाट अलगथलग गाउँ हौसलपुर


प्रशासन विशेष ब्युरो

२५ माघ २०७३, मंगलबार


धनगढी । एकान्त, सुनसान र राज्यको अधीनमा नरहेको जस्तो देखिने हौसलपुर गाउँ १ नेपाल–भारत सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीपारि र दशगजावारिको यो सुनसान गाउँमा पुग्ने जो कोहीले नेपाली वा भारतीय कुन देशभित्रको गाउँ हो भनेर गाउँवासीसँग सोधिरहेका भेटिन्छन् ।

भौगोलिक बनावटकै कारण सीमा नछुट्टिने जस्तो देखिने भएकाले पनि यो गाउँ पुग्दा जो कोही एकछिन अलमलमा पर्ने गर्दछन् । नाउँ हौसलपुर राखिएको भए पनि यहाँका बासिन्दाको मुहार हौसिएको नभई निराश, अभाव र राज्यविहीन अवस्थामा शरणार्थी जस्तो जीवन जीउन बाध्य भएका देखिन्छन् ।

कैलाली रतनपुर गाविसको वडा नं ९ मा रहेको हौसलपुर गाउँका अधिकांशलाई आफ्नो गाविस, वडा र जिल्लाको नाउँसमेत जानकारी छैन । सदरमुकाम धनगढीबाट झन्डै ४० किलोमिटरको दूरीमा रहेको यो नेपालकै एक्लो र प्रशासन संयन्त्रको दृष्टिबाट निकै टाढा परेको गाउँ हो । “अहिलेसम्म सरकारी अधिकारी कहिले पनि यो गाउँमा पुगेको सम्झना छैन,” गाउँका ७६ वर्षीय जग्गु चौधरीले भने– “जो पनि यो गाउँमा आउँछन् सबैले यो गाउँ नेपालको हो कि भारतको भनेर सोध्ने गर्छन् ।” पहिलोपटक प्रमुख जिल्ला अधिकारीको टोली पुग्दा हौसलपुरका बासिन्दा परशुराम चौधरीले बल्ल राज्यको उपस्थिति भएको अनुभूति गरे ।


कक्षा ८ मा अध्ययनरत सुशीला चौधरीले आफ्नो देशको राष्ट्रिय गान के हो भन्नेसम्म भेउ पाउँदिनन् ।


गाउँका भलमन्सासमेत रहेका उनले थपे– “पहिलोपटक सरकारका सिडिओ पुग्दा हामीमा हौसला बढेको छ । अब आधारभूत सेवा सुविधा पाउने आशा जागेको छ ।” अहिलेसम्म बजेटदेखि विकास निर्माणका कुनै योजना पनि नपाएको गुनासो स्थानीयवासीको छ ।

प्रशासन संयन्त्रबाट टाढा रहेकै कारण यहाँका बासिन्दा कारोबार र अन्य दैनिक धन्दाका लागि भारतीय बजारमा पूरै निर्भर रहन बाध्य छन् । त्यहाँका विद्यालय जाने उमेरका बालबालिका आफूहरु नेपाली भएको थाहा नभएको बताउँछन् । सीमापारि भारतको राजकीय इन्टरकलेजमा अध्ययनरत १७ वर्षीय वेलु चौधरीलाई आफ्नो देशका बारेमा कुनै जानकारी छैन ।

कक्षा ८ मा अध्ययनरत सुशीला चौधरीले आफ्नो देशको राष्ट्रिय गान के हो भन्नेसम्म भेउ पाउँदिनन् । उनी देशको राजधानी, राष्ट्रिय गान, राष्ट्रिय विभूति एकै सासमा भन्न सक्छिन्, तर भारतको । अधिकांश बालबालिका र वयस्क व्यक्ति नेपाली बोल्न सक्दैनन् तर, भारतीय भाषा खरर बोल्छन् । गाउँका बूढापाकाबाहेक नयाँ पुस्ताका कसैलाई पनि आफूहरु नेपाली भएको जानकारी छैन । वर्षदिन र महिना पनि उनीहरु इस्वी सम्वत्मा मात्र भन्न सक्छन् ।


धेरैले त यो नेपाली गाउँ हो भन्ने जानकारीसमेत पाएका छैनन् । अधिकांश बालबालिका र वयस्क व्यक्ति नेपाली बोल्न सक्दैनन् तर, भारतीय भाषा खरर बोल्छन् ।


पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीले बनाएको टापूमा यो गाउँको बस्ती बसेको दशकौँ भएको स्थानीयवासी बताउँछन् । बस्ती बसेको दशकौँ पुगेको भए पनि गाउँका बासिन्दा कसैसँग पनि जग्गाको जग्गाधनी पुर्जा छैन । गाउँलेले गोबर मल थुपार्ने एउटा ढिस्को नजिक गाडेको खम्बाले मात्र नेपाल–भारतको सिमाना छुट्याएको छ । न कुनै स्तम्भ छ, न कसैलाई वारि र पारि भन्ने जानकारी नै छ । गाउँमा भोगचलनमा रहेको जग्गाको नापीको काम अहिलेसम्म नभएको बताउँदै स्थानीयवासी कजुवा चौधरीले भने– “धेरैले त यो नेपाली गाउँ हो भन्ने जानकारीसमेत पाएका छैनन् ।” झन्डै ३२ भन्दा बढी घर परिवारको बसोबास रहेको यो गाउँमा करिब ४० बिगाहाभन्दा बढी जग्गा स्थानीयवासीले भोगचलन गरिरहेका छन् ।

“भूमिको हिसाब गर्दा हामी नेपाली हौँ,” स्थानीय भलमन्सा पर्शुरामले भने– “बाँकी सबै व्यवहार र दैनिक काम भारतीय क्षेत्रमा गएर गर्नुपर्छ ।” भारतसँग सीमा जोडिएको यो गाउँमा सबै कठरिया जातका चौधरीको बासोबास रहेको छ । “तराईको सीमा क्षेत्रमा यस्तो गाउँ पनि छ भन्ने कल्पना गरेको थिएन,” पहिलोपटक केही दिनअघि हौसलपुरमा पुगेका कैलालीका प्रजिअ गोविन्दप्रसाद रिजालले भने । मोहना नदीले बर्सेनि गर्ने कटान रोकथामका साथै, विद्यालय, बिजुली, बाटो, खानेपानी र नदीमा पुल निर्माणलगायतका पूर्वाधार अविलम्ब जुटाएर राज्यको अनुभूति दिनुपर्ने देखिएको रिजालले बताए ।

केही दिनअघि हौसलपुर गाउँमा सीमा सुरक्षा र स्थानीयवासीले भोगेका विविध समस्याका सम्बन्धमा छलफल कार्यक्रम गरिएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस