Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपाको जिल्ला अधिवेशन सुरु


प्रशासन संवाददाता

२५ माघ २०७३, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि आज देशभर जिल्ला अधिवेशन भइरहेको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न अधिवेशन गरिएको हो ।

देशका ७५ जिल्लामा एकै दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको अधिवेशनमा प्रत्येक जिल्लाबाट नौजनाको अनुपातमा देशभरबाट ६७५ केन्द्रीय प्रतिनिधि छनोट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
अधिवेशनबाट एक अध्यक्षसहित ६५ प्रतिशत सदस्यको निर्वाचन गरिने छ भने बाँकी ३५ प्रतिशत सदस्य तथा पदाधिकारी मनोनीत गरिने छ । एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रुपमा छनोट हुने छन् ।

महाधिवेशन प्रयोजनका लागि पार्टीले करिब २० लाख साधारण सदस्यता वितरण गरेको बताइएको छ ।
स्थानीय धुम्बाराहीमा भइरहेको पार्टीको काठमाडौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास हुने बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस