पाँच किलो चरेस बरामद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाँच किलो चरेस बरामद


२५ माघ २०७३, मंगलबार


वीरगन्ज । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले मंगलवार बिहान पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए ।

अभियुक्त सदामले काठमाडौँका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्याएबापत १० भारु हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस