दुर्घटनामा सांसद रावलकी छोरीको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुर्घटनामा सांसद रावलकी छोरीको निधन


प्रशासन संवाददाता

२५ माघ २०७३, मंगलबार


काठमाडौं । नेकपा एमालेका सांसद एलवी रावलकी छोरीको दुर्घटनामा परी निधन भएको छ ।

आइतबार राजधानीको बालकुमारी पुल नजिकै सडकमा हिडिरहँदा जीपको ठक्करबाट गम्भीर घाइते भएकी २२ बर्षीया अम्बिका रावलको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा सोमबार दिउसो निधन भएको हो ।
बालकुमारी पुल नजिक बाटोमा हिडिरहेको बेला जीपले पछाडिबाट ठक्कर दिँदा रावलको टाउकोमा गम्भीर चोट लागेको थियो ।
अम्बिका सांसद रावलकी एक्ली छोरी हुन् । अम्बिका अष्ट्रेलिया जाने तयारीमा थिइन् । घटनापछि जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अम्बिकाको पोस्टमार्टमपछि सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस