उपराष्ट्रपति स्वागत समारोहमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति स्वागत समारोहमा


२५ माघ २०७३, मंगलबार


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन श्रीलङ्काको ६९ औँ राष्ट्रिय दिवसका अवसरमा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस पेरेराले आयोजना गरेको उक्त समारोहमा सभामुख, मन्त्रिपरिषद्का सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, पूर्वसांसद, नेपाल सरकारका उच्च अधिकारी, उद्योगी, व्यवसायी र वरिष्ठ पत्रकार लगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

त्यसअवसरमा राजदूत पेरेराले यसै वर्ष श्रीलङ्का र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष पुगेको बताउँदै दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेकोमा हर्ष प्रकट गरे । रासस

प्रतिक्रिया दिनुहोस